नेकपा वरिष्ट नेता झलनाथ खनाल दिल्ली प्रस्थान

३० माघ, काठमाडौं । प्रचण्ड–नेपाल नेकपा सचिवालय सदस्य एवं वरिष्ट नेता झलनाथ खनाल आज दिल्ली गएका । आफ्नो स्वास्थ्य उपचारका लागि उनी आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली जान लागेका हुन् ।

४ दिन दिल्लीमा रहने नेता खनालले आफ्नो कुनै पनि राजनीतिक भेटघाटको सम्भावना नरहेको बताए ।

‘अपोलो अस्पतालमा स्वास्थ्य उपचारका लागि दिल्ली जान लाग्नुभएको हो, राजनीतिक भेटघाट हुने कुरै हुन्न । खनाल फागुन ३ गते सोमबार काठमाडौं फर्कने कार्यक्रम छ ।