२७ माघ, काठमाडौं । आउंदो दिउंसो करिब १ बजेतिर पक्राउ गरिएकी नेकपा नेत्री रामकुमारी झांक्री रिहा भएकी छन् । केही बेर अघि प्रहरी हिरासतबाट रिहा भएपछि नेतृ रामकुमारी झांक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएकी छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले राज्य विरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जरुरी पक्राउ पूर्जी थमाएर आज दिउसो उनकै निवासबाट पक्राउ गरिएको थियो । मीनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साझ उनलाई रिहा गरिएको छ ।
रिहाइपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै झांक्रीले आफू विना शर्त रिहा भएको बताएकी छन् । प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पु¥याउन भूमिका खेलेका कारण आफूलाई दुव्यर्वहार गर्ने प्रयासस्वरुप पक्राउ गरिएको भन्दै उनले लोकतन्त्र पक्षधरहरुको दबावमा आफू रिहा भएको बताइन् ।
उनले अघि भनिन्, ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ । हामी जित्दैछौं भनेकी छन् ।