Breaking News

ओली कागजी बादशाह हुन्, ती ढलिसके, घोषणा हुन मात्र बांकी छ

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आज राजधानीमा गरेको बृहत सभामा बोल्ने क्रममा नेत्रृ रामकुमारी झांक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा नेतृ झांक्रीले राष्ट्रपति जस्तो सम्माननीय संस्था आफूहरुको बलिदानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताइन् ।

कुनै व्यक्ति निर्वाचनको प्रक्रियाबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बस्छ, एउटा प्यादा बन्छ भने त्यस्ता पात्रविरुद्ध बोल्न पाइन्छ’ उनले भनिन्, ‘एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?

महिला अस्मिता त त्यतिबेला बलात्कृत भएको छ, जतिबेला निर्मला पन्त, भागरथी भट्ट जस्ता किशोरीहरु बलात्कृत भएका छन्, उनीहरुको हत्या भएको छ’ उनले अघि भनिन् ।

राष्ट्रपतिबारे आफूले गरेका टिप्पणीले गर्दा महिला हिंसा भएको भन्दै विरोध भएकोतर्फ इंग्गित गर्दै उनले भनिन्, ‘तानाशाह बन्दै गरेको अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । यहाँ महिला अस्मिताको प्रश्न आउँदैन ।

अखिल नेपाल महिला संघलाई विद्या भण्डारीले १८ वर्षसम्म प्राइभेट कम्पनी बनाएको र त्यसका सदस्यहरुले महिला अस्मिताको प्रश्न उठाएको भन्दै उनले अघि भनिन्, ‘मलाई जन्न मन छ, भागरथीहरुका हत्याराहरुलाई कारबाही गर भनेर गृह मन्त्रालय पुगे कि पुगेनन् ?

नेता झाँक्रीले प्रधानमन्त्री ओली कागजी बादशाह भएको बताइन् । बादशाहहरु कमजोर बन्दै गएपछि कागजका अग्ला कदका बुख्याँचा बनाउने भन्दै उनले भने, ओली कागजी बादशाह हुन्, ती ढलिसके, घोषणा हुन मात्र बांकी छ ।

आफूहरुले व्यक्तिको नभई ओली प्रवृत्तिको विरोध गरेको भन्दै उनले पार्टीमा आगामी दिनमा यस्तो प्रवृत्ति जन्म हुने नदिने प्रतिवद्धता जनाउन नेताहरुलाई आग्रहसमेत गरिन् ।

 

नेत्रृ , रामकुमारी झांक्री