भारतीय अभिनेता राजीव कपूरको निधन

२७ माघ,काठमाण्डौ । भारतीय अभिनेता राजीव कपूरको मङ्गलवार निधन भएको छ । राजीव कपूरको हृदयाघातका कारण निधन भएको उनका ठूला दाजु रणधीर कपूरले बताएको बीबीसीले उल्लेख गरेको छ ।

राजीव कपूर ५८ वर्षका थिए । उनी राज कपूरका कान्छो छोरा थिए भने रणधीर कपूर र ऋषि कपूरका भाइ थिए ।

उनले राज कपूरको फिल्म ‘राम तेरी गंगा मैली’ बाट फिल्मी यात्रा सुरु गरेको थिए । त्यो फिल्म निकै सफल रहेको थियो । यद्यपि राजीव कपूरले धेरै फिल्ममा काम गरेनन् ।

ऋषि कपूरको निकै चर्चित फिल्म ‘प्रेम ग्रंथ’ लाई राजीव कपूरले निर्देशन गरेका थिए ।