Breaking News

अनेरास्ववियूद्धारा सडकबाटै प्रधानमन्त्रीलाई विरोध पत्र सार्वजनिक

२५ माघ, काठमाण्डौ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा (प्रचण्ड–नेपाल) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सडकबाटै प्रधानमन्त्रीलाई विरोध पत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्रीलाई दिन तयार पारिएको विरोध पत्र लिन नमानेपछि सडकबाटै सार्वजनिक गरिएको हो ।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतका अनुसार प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमार्फत विरोध पत्र बुझाउन लागिएको थियो ।

अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ नेतृत्वका विद्यार्थीहरुले आज दिउँसो विरोध पत्र बुझाउने कार्यक्रम राखिएको थियो ।

अनेरास्ववियूको तामाङ नेतृत्वको समूहले प्रतिनिधि विघटन भएको विरोधमा तेस्रो चरणका आन्दोलनको कार्यक्रम गर्दै आएको छ । सह–संयोजक रन्जित तामाङद्वारा हस्ताक्षर सहित तयार पारिएको विरोध पत्र सडकबाटै सार्वजनिक भएको हो । साथै, उनीहरुले सिंहदरबार अगाडीबाट घेराउ तथा प्रदर्शन समेत गरेका थिए ।