२५ काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माघ २८ गते काठमाडौँमा प्रतिनिधि सभा विघटन विरुद्ध प्रदर्शन गर्ने भएको छ।
नेकपाको आधिकारिक फेसबुक पेजमार्फत आइतबार सो समूहले काठमाडौँमा हुने जनप्रदर्शन तथा विरोध सभाको बारे जानकारी गराएको हो । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले सहभागी बन्न सम्पूर्णलाई अपिलसमेत गरेका छन ्।
नेकपाका अध्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेकपाको आधिकारिक फेसबुक पेजमार्फत प्रतिगमनविरुद्धको विशाल प्रदर्शन र विरोध सभामा सहभागी बन्न सबैमा अपिल गरेका हुन ्।
सो क्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने र संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने अभियानका रुपमा सभा र जनप्रदर्शन राखिएको बताए ।
यसै गरी अर्का अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका विरुद्ध पार्टीले पुनः विरोध सभाको आयोजन गर्न लागेको बताएद ।