लकडाउना पनि एनआईसी एशिया बैंकको सुविधा

कदर समाचार
चैत्र १९, काठमाडौं । कोरोना भाइरसका कारणले लकडाउनका कारण ग्राहकमा पर्न सक्ने असुविधा र समस्याहरुलाई मध्यनजर गर्दै एनआईसी एशिया बैंकले ग्राहक सहायता केन्द्र स्थापना गरेर सेवा दिइरहेको छ ।
कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा बैंकिङ्ग सेवा जस्तो अत्यावश्यक सेवा पाउनबाट आफ्ना ग्राहक बन्चित हुनु नपरोस् भनेर बैंकले प्रादेशीक तथा उपप्रादेशीक तहमा सहायता केन्द्र स्थापना गरेको जनाएको छ । ग्राहक सहायता केन्द्रमा ग्राहकले आफूलाई परेको बैंकिङ्ग समस्या फोनबाटै राख्न सकिने र त्यसलाई तत्कालै सम्बोधन गर्ने बैंकको दाबी छ । समस्या राख्नको लागि बैंकले सातैवटा प्रदेशमा प्रदेश प्रमुख तथा अन्य उच्च तहका कर्मचारीहरुलाई सम्पर्क व्यक्ति तोकेको छ । ग्राहकले बैंकसम्बन्धी जुनसुकै समस्या सिधा फोन मार्फत सम्बन्धित कर्मचारीहरुलाई सम्पर्क गर्न सकिने र सो समस्याको तत्कालै समाधान गर्ने बैंकको भनाइ छ ।
सरकारले सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आह्वान गरिरहेको परिस्थितिमा बैंकले पनि घरबाटै सुविधा लिन सक्ने गरी यो सेवा सुरु गरेको हो । विगत देखिनै बैंकिङ्गको डिजिटल माध्यम प्रयोग गर्न प्रोत्साहन गर्ने यस बैंकले विशेष गरी मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मार्फत घरबाटै सेवा लिन समेत अनुरोध गरिरहेको छ । डिजिटल बैंकिङ्ग सम्बन्धी कुनै पनि समस्या वा गुनासो भएमा समेत ग्राहक सहायता केन्द्रको सम्पर्क व्याक्तिलाई सुनाउन सकिने सुविधा बैंकले दिएको छ ।
बैंकले संचालन गरेको ग्राहक सहायता केन्द्रमा दैनिक सयौले समस्या तथा गुनासो राख्ने र त्यसको समाधान समेत गरेको प्रदेश कार्यलय प्रमुखहरुले जनाकारी दिएका छन् । यसै बीचमा विगत केही दिन देखि बैंकले संचालनमा ल्याएको डिजिटल हेल्प डेक्समा मात्रै ११ सय भन्दा बढी जिज्ञासा तथा समस्या आएका छन् । लकडाउनका कारण सर्वसाधारणहरु घरबाहिर निस्कन नपाउने भएपछि मोबाइल तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल माध्याम सुचारु गर्ने सम्बन्धी सबैभन्दा बढी प्रश्न सोधिएको छ । ति मध्ये ९५ प्रतिशत भन्दा बढी ग्राहकहरुको समस्या समाधान भइसकेको बैंकले जानकारी दिएको छ ।
लकडाउनका कारण ग्राहकहरुले सबैभन्दा बढी डिजिटल बैंकिङ्गको बारेमा चासो राखेको एन आई सी एशिया बैंकका प्रदेश १ कार्यलय प्रमुख दिपक थापाले जानकारी दिए ।
‘मेरो मोमाइल बैंकको पासवर्ड विर्सियो अब के गर्ने भन्दै गुनासो गर्नुहुन्छ,’ थापाले भने, ‘उहाँहरुलाई हामीले उपयुक्त प्रकृयामार्फत तत्कालै कसरी नयाँ पासवर्ड रिसेट गर्नको लागि सहयोग गर्दछौं र यथासिघ्र समस्या समाधान गर्ने कोसिस गर्छाै ।’ उनले अहिले सम्म ५० भन्दा बढी गुनासो आफूले सम्बोधन गरिसकेको जानकारी दिए ।
त्यस्तै प्रदेश २ कार्यलय प्रमुख प्रकाशचन्द अधिकारी पनि थुप्रै जिज्ञासा तथा गुनासो आउने गरेको बताउँछन् । ‘सबैभन्दा बढी गुनासो यो बेलामा डिजिटल बंैकिङ्ग सम्बन्धित नै हुन्छ, कतिजनाले मोबैंक नै चलेन भन्नुहुन्छ हामी उहाँहरुलाई केन्द्रिय कार्यलयसँगको सहकार्यमा निवेदन लगायतका कागजात मागेर तत्कालै चल्ने बनाइदिन्छौं,’ अधिकारीले भने । उनका अनुसार कतिपएले एटिएमले काम नगरेको, आफ्नो ठाउँको शाखा नखुलेको जस्ता गुनासो पनि आउने गरेका छन् । अधिकारीले भने, ‘उहाँहरुलाई हामी सकेसम्म एटिएम कार्ड वा मोबैंक प्रयोग गर्न सल्लाह दिने गरेका छौं ।’
गण्डकी प्रदेशबाट पनि पैसा ट्रान्सफर, रेमिट्यान्स तथा मोबाइल बैंकिङ्ग सम्बन्धी जानकारी लिन फोन आउने गरेको प्रदेश कार्यलय प्रमुख दिपेन्द्र शर्माले बताए ।
अनलाइन खाता खोलेर रेमिट्यान्सलाई खातामै जम्मा गर्नेसम्मको सुविधा बैंकले दिएको उनको भनाइ छ । ग्राहकका अन्य समस्या तथा गुनासा केन्द्रिय कार्यालसँगको सहकार्यमासमाधान भइरहेको शर्माले दाबी गरे । दैनिक १०० वटा सम्म विभिन्न खालका समस्या सहित फोन आउने गरेको उनले जानकारी दिए । यस्तै, प्रदेश भरि रहेका सबै ४७ एटिएम सुचारु रुपले संचालन भएकाले ग्राहकहरुलाई एटिएम प्रयोग गर्न समेत सुझाएको उनले बताए ।
कर्णाली तथा सुदुर पश्चिम कार्यलय प्रमुख टेकराज भट्ट पनि आफ्नो क्षेत्रका ग्रहकको समस्या समाधानको लागि आफू सहित सबै कर्मचारीलाई हाई अलटमा बस्न निर्देशन दिएको बताउँछन् । ग्राहकको सुविधाको लागि दुबै प्रदेशमा रहेको एटिएमलाई चुस्त राखेको उनले बताए । अहिलेको लकडाउनको परिप्रेक्षमा सम्पूर्ण ग्राहाकहरुलाई आफूले डिजिटल बैंकिङ्ग तर्फ नै प्रोत्सहान गरेको उनको भनाइ छ ।
यस कठिन परिस्थितिमा आफ्ना ग्राहक महानुभावहरूको सुविधालाई मध्यनजर गर्दै एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बंैिकङ्ग लगायत विद्युतीय बंैकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गर्न सकिने सुविधा दिएको छ । यसका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । यस बाहेक, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् ।
विश्वव्यापी महामारीको यस असहज परिस्थितिमा यावत चुनौती तथा समस्याहरुको बाबजुद पनि बैंकले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । ग्राहकहरु हाम्रा भगवान हुन् र ग्राहकहरुको इच्छा, चाहना तथा आवश्यकताहरु जस्तो सुकै परिस्थितमा पनि परिपुर्ति गर्नु नै हाम्रो परमधर्म हो भन्ने तथ्यलाइ ह्दयंगम गर्दै बैंकले आफूलाई सम्पूर्ण रुपमा आम ग्राहकहरुको सेवामा सदैव समर्पित गर्दै आएको छ र जस्तोसुकै विषम परिस्थितिमा पनि आफ्ना ग्राहकहरुलाइ उत्कृष्ट सेवा प्रदान गर्नको लागि सहज, सबल, गतिशिल, विश्वसनीय, उत्तरदायी भन्ने मुल मन्त्रका साथ एन आई सी एशिया बैंकले बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारालाई चरितार्थ गर्दै एक वास्तविक साथीको पहिचान बनाउने प्रतिवद्धता र प्रण गरेकोे एन आइ सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी गराए । साथै बैंकसँग सम्बन्धीत सेवाहरुमा कुनै पनि समस्या आएमा सातै प्रदेशका निम्न व्यक्तिलाई सिधा सम्पर्क गर्न बैंकले अनुरोध गरेको
छ ।