आगामी दुई हप्ता थप पिडादयक हुनेछ

आगामी दुई हप्ता हाम्रो लागि असाध्यै गाह्रो समय हुनेछ,’ उनले भने ‘यो अदृश्य दुश्मनका कारण मानिसहरुको मृत्यु भइरहेको देख्दा असाध्यै धेरै पीडा भइरहेको छ ।

क्दर समाचार
चैत्र १९, हाईटहाउस । बिश्वभरी फैलिएको कोरोना भइरसका कारण अमेरिका पनि बाँकी रहेन तर कोरोना भाइरसले बिपत्ती आउँदा पनि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प हतासिएका छैनन् र भन्दैछन् हामीलाई लकडाउनको आवश्यकता छैन तर जनताले दिनदिनै मरिरहेका छन् । उनले हिजो मात्रै पत्रकार सम्मेलन गरेर आगामी दुई हप्ता थप पीडादायी र कठिन हुने चेतावनी दिँदै अत्यधिक सावधानी अपनाउँदा पनि कोरोना भाइरसको संक्रमणका कारण एक लाखदेखि २ लाख ४० हजार अमेरिकीको मृत्यु हुने बताएका छन् ।
कोरोनालाई आफ्नो देशले निकै सजिलै पराजित गर्न सक्छ भनेर बयान दिँदै आएका ट्रम्पको यो कठोर सन्देश हो । आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफ्ना नागरिकलाई भयावह दिन अझै देख्न बाँकी भएको चेतावनी दिएका छन् ।
‘म प्रत्येक नागरिकलाई थप कठोर दिनका लागि तयार रहन अपिल गर्दछु । आगामी दुई हप्ता हाम्रो लागि असाध्यै गाह्रो समय हुनेछ,’ उनले भने ‘यो अदृश्य दुश्मनका कारण मानिसहरुको मृत्यु भइरहेको देख्दा असाध्यै धेरै पीडा भइरहेको छ ।

अमेरिकामा हालसम्म १ लाख ८८ हजार ५ सय २४ जना कोरोनाभाइरसले संक्रमित छन् जसमध्ये ४ हजार ५ सय ७६ को अवस्था गम्भीर बताइएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या ३ हजार ८ सय ८९ पुगिसकेको छ ।