Breaking News

मनाङ केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का महशुस

कृष्णबहादुर कार्की/गण्डकी ब्यूरो

२० माघ, म्याग्दी । गण्डकी प्रदेशमा भूकम्पको धक्का गएको छ । ९ बजेर ५९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प ५.३ रेक्टर स्केलको रहेको बताइएको छ ।

भूकम्पको केन्द्रबिन्दु मनाङको नार क्षेत्र वरिपरि रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्राप्त समाचार अनुसार मनाङ जिल्लाको नार भन्ने ठाउँमा केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ। यो विगतका भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको बताइएको छ  । मनाङको भूकम्पको धक्का गण्डकी प्रदेशका म्याग्दी, पर्वत, मनाङ, मुस्ताङ, कास्की, बागलुङ लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको बताइएको छ ।

लेखक : कृष्णबहादुर कार्की/गण्डकी ब्यूरो