Breaking News

माघ २३ गते काठमाडौं उपत्यकामा हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित

२० माघ, काठमाडौं । आउने माघ २३ गते काठमाडौं उपत्यकामा हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको छ । नेकपा केपी शर्मा ओली समूहले काठमाण्डौमा आयोजना गर्ने जनसभालाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाइसेन्सको परीक्षा स्थगित गरेको हो ।

सो दिनमा थुप्रै ट्राफिक प्रहरी जामको व्यवस्थापन गर्न खटिनु पर्ने भएपछि महाशाखाले परीक्षामा प्रहरी खटाउन नसकिने भएकाले स्थगित गरेको महाशाखाले जनाएको छ । लाइसेन्स वितरण गर्ने जागती, चाबहिल, एकान्तकुना र ठूलो भ¥याङ कार्यालयले लिने परीक्षा रोकिएको हो