Breaking News

म्यानमारको सेनालाई सत्ता तत्काल छोड्न भन्दै, अन्यथा ‘उचित कदम’ चाल्ने अमेरिकी राष्ट्रपति बाइडनको चेतावनी

२० माघ, काठमाडौं । म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा राखेपछि त्यसको बिरोधमा लअमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने धम्की दिएका छन् ।

म्यानमारको सेनाले सत्ता हातमा लिदै एक वर्ष संकटकालको घोषणा समेत गरेको छ ।

म्यानमारको सेनाको सो कदमको बाइडनले कडा शब्दमा विरोध जनाएका छन् । उनले म्यानमारको सत्ता तत्काल छोड्न सेनालाई भनेका छन् । अन्यथा ‘उचित कदम’ चाल्ने बाइडनले चेतावनी दिएका छन् ।

म्यानमारमा भएको सैनिक ‘कू’को विश्वभरबाट विरोध भइरहेको छ ।