प्रचण्डले मंसाहारी भन्नुको चिकेन चिल्ली खान खोजेको पक्कै होइन होला

प्रधानमन्त्री, केपी शर्मा ओली

१९ माघ, सिराहा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड(माधव समूहमाथि हिंसात्मक आन्दोलन गर्न खोजेको आरोप लगाएका छन् ।

प्रचण्डले अब शाकाहारी आन्दोलन गरेर काम छैन भनेको भन्दै उनले भने, ‘भन्नुको मतलब मांसाहारी । मंसाहारी भन्नुको चिकेन चिल्ली खान खोजेको पक्कै होइन होला । उहाँले त आदमखोर आन्दोलन गर्न खोज्नुभएको हो । मान्छे मार्ने आन्दोलन गर्न खोज्नुभएको हो ।

‘म उहाँलाई भन्न चाहन्छु अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव छैन । कुनै धृष्टता नगर्नुहोला । हिजोको जमाना अब होइन ।’

स्व. हेमनारायण यादवको १७ औं स्मृति सभाको अवसरमा सिराहा सदरमुकाममा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हिजो केपी ओली प्रधानमन्त्री थिएनन् । झुक्याउन सफल हुनुभयो होला । धेरै युवालाई सुन्दर सपना देखाएर लडाइँको मैदानमा सफल हुनुभएको होला । तर अब कोही अलमलिनेवाला छैनन् ।’

प्रचण्डले ४ माघमा आफू निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन, आक्रामक हुनुप¥यो’ भनेका थिए । त्यसको आलोचना भएपछि उनले आफ्नो आशय हिंसात्मक आन्दोलन नभएको बताएका थिए ।

नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना नहुने दाबी गरे । ‘संसद बिघटनलाई असंवैधानिक रहेको तर्क वितर्क गरिरहका छन्,’ उनले भने, ‘संसद विघटन संवैधानिकै
छ । नयाँ जनादेशबाट सरकार बन्नुपर्ने भन्दै उनले प्रदेश २ मा पहिलो चरणमै निर्वाचन हुने समेत बताए ।