नेकपा ओली समूहले २३ गतेको आमसभा ‘नारायणहिटी दरबार संग्राहलय’ अगाडि

१८ माघ, काठमाण्डौ । नेकपा ओली समूहले २३ गतेको आमसभा ‘नारायणहिटी दरबार संग्राहलय’ अगाडि गर्ने भएको छ ।

माघ २३ मा हुने आमसभा नारायणहिटी दरबार संग्राहलयको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवं आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले बताए ।

नेकपाको प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले ओली राजवादीहरुको भीडमा बसेर उल्टो बाटो हिँडेको र २३ गते हिन्दु राष्ट्र घोषणा गर्ने चर्चा सुनेको बताएका थिए ।

तर ओली पक्षका नेताहरुले भने धेरै मानिस अटोस् र ट्राफिक व्यवस्थापन सहज होस् भनेर ‘नारायणहिटी दरबार संग्राहलय’लाई सभास्थल छनोट गरिएको बताएका छन् । ‘भृकुटीमण्डपमा सभा गर्दा थोरै मानिस ओट्ने भएकाले नारायणहिटी अगाडि राखिएको हो’ आमसभा तयारी सचिवालयका प्रमुख पोखरेलले भने ।

सभामा काठमाडौं उपत्यकाका साथै बागमती प्रदेशका सबै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने ओली समूहको तयारी छ