संयुक्त अरब इमिरेट्स (युएई) ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने

एजेन्सी

१७ माघ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ ।

कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारले यस्तो घोषणा गरेको हो ।

युएईका उपराष्ट्रपति एवम् दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले भनेका छन् लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार लगायतका काबिल व्यक्तिहरुलाई युएईको नागरिकता दिइने छ । उनका अनुसार विदेशी र उनका परिवारका सदस्यहरुले दोहोरो नागरिकता राख्न सक्ने छन् ।