Breaking News

न्याय माग्दा अदालतको अपहेलना हुने भए मुद्दा लगाउन आग्रह

१६ माघ, काठमाण्डौ । नेकाँ नेता गगन थापाले आफूलाई मुद्दा लगाउन मागेका छन् । कांग्रेसका नेता गगन थापाले न्याय माग्दा अदालतको अपहेलना हुने भए आफूहरूलाई मुद्दा लगाउन आग्रह गरेका छन् ।

पूर्वप्रधानन्यायाशीशहरूले अदालतको ‘अ’ पनि उच्चारण नगरे पनि एक साताभित्र आफैं उपस्थित भएर लिखित बयान पेश गर्न भनिएको प्रसंग उल्लेख गर्दै थापाले न्याय माग्दा अदालतको अपहेलना नहुने तर्क गरेका छन् ।

आज शान्तिबाटिका काठमाडौंमा प्रतिनिधि सभा विघटनविरूद्ध कांग्रेसले गरेको विरोध सभामा बोलेका थापाले संविधानमाथि घात भएकोले यो कदम सच्याउन सबै एकजुट हुनुपर्ने बताए ।

‘न्यायको पक्षमा बोल्दा अपहेलना हुने भए हामी सबैलाई अपहेलना मुद्दा लगाइयोस् श्रीमान्,’ थापाले भने। उनले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई संविधानमाथि घात भएको अर्थ लगाएका छन् ।

साथै संविधानलाई ट्याकमा फर्काउँदै व्यवस्था जोगाउनुपर्ने उनले बताए । ‘यो प्रतिनिधि सभाको होइन संविधानकै विघटन हो ।
प्रधानमन्त्री ओलीले राजाहरूले जस्तै जनताको अधिकार खोसेको थापाको भनाइ छ ।

‘तपाईंको नाम अधिकार खोस्ने शासकका पङ्तिमा लेखिनेछ । ‘जनताका अधिकारका लागि लड्नेहरूको पानामा तपाईंको नाम भेटिँदैन ।

कांग्रेसले चुनावको हिसावको कुरा गरेर बस्न नहुने उनले बताए । व्यवस्था बचाउन लागे पछि हुने चुनावमा कांग्रेसले जित्ने बताएका छन् ।

नेता, गगन थापा