Breaking News

कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य

१६ माघ, काठमाण्डौ । कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य समूहमा परेको छ । तर विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने छन् ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले गणितलाई अनिवार्य समूहमा राख्ने निर्णय गरेको हो ।

परिषद्को निर्णय अनुसार विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले अनलाइनखबरलाई जानकारी दिए । उनी भन्छन्, ‘गणित वा सामाजिक शिक्षा तथा जीवनोपयोगी शिक्षा अनिवार्य हुने निर्णय भएको छ ।
यसअघि गणितलाई ऐच्छिक विषयमा राखिएको थियो ।