प्रधानमन्त्री ओलीको भविस्यवाणी : आगामी चुनावमा प्रचण्ड–माधवको १० सिट पनि नआउने

१४ माघ, वीरगञ्ज । नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव समूहको १० सिट पनि नआउने दाबी गरेका छन् ।

बुधबार आफू निकट आदिवासी जनजाती महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षले १० सिट पनि नजित्ने दाबी गरे ।

प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको भन्दै उनले जनताले उक्त समूहलाई कहिल्यै माफ नगर्ने बताए । वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव समूह बरफ पग्लिए जसरी पग्लिएर सकिने उनको भनाइ थियो ।

आधिकारिक पार्टी आफूहरुको भएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले अघि बढाउने बताएका छन् ।