थप २८३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि

१४ माघ, काठमाण्डौ । नेपालभर थप २८३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका छन् ।

देशभरका प्रयोगशालामा ४ हजार ३८२ नमुना परीक्षण गर्दा ११४ महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।

उनीहरुमध्ये २ लाख ६५ हजार ६९ जना संक्रमणमुक्त भएका छन् भने २०२० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।