हिमानी कोषबाट कोरोना उपचार कोषमा दुई करोड दिने पूर्वरावजा ज्ञानेन्द्र शाहद्धारा घोषणा

कदर समाचार
१८ चैत, काठमाडौं । विश्वभरी कोरोना भाइरसबाट संक्रमित भएपछि नेपाल पनि अछुतो हुन सकेन । त्यसैको सुरक्षाका लागि नेपाल सरकारले लकडाउनको आज आठौ दिनमा पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।
ऋाज चैत्र १८ गते मंगलबार पूर्वराजा ज्ञानेन्द्रले सन्देश जारी गर्दै हिमानी कोषमार्फत् दुई करोड योगदान गर्ने घोषणा गरेका हुन् । ‘आपत–विपद्को घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई दुई करोड रुपैयाँ दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं ।
यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं,’ जारी सन्देशमा भनिएको छ । राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सबै पक्षबाट भइरहेको कामको प्रशंसा गर्दै पूर्वराजा ज्ञानेन्द्रले यसलाई अझै प्रभावकारी बनाउन अपिल गरेका छन् । साथै लकडाउन बाध्यात्मक अनिवार्यता भएको भन्दै यसकोे पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई छैन भन्ने सबैले बुझ्नुपर्ने समेत बताएका छन् ।