पेरिस डाँडामा नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक जारी ओलीलाई कस्तो कारवाही होला ?

११ माघ, काठमाडौं । दुई धारमा देखिएको नेपाको एक पक्ष प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी छ । बैठक दिउँसो एक बजेबाट सुरु भएको थियो ।

प्रचण्डमाधव समूहको स्थयी कमिटी बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध यसअघि गरिएका संघर्षको समीक्षा गर्दै भावी रणनीति तय गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीको कारवाही प्रक्रिया र अन्य सांगठानिक विषयमा छलफल बताइएको
छ ।

प्रचण्ड माधव पक्षले यसअघि पार्टी नीति विपरित निर्णय गरेको भन्दै केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउदै माधवकुमार नेपाललाई चयन गरेको छ ।

आको बैठकले ओलीलाई नेकपाको साधारण सदस्य नै नरहने गरी हटाइने छ । यसअघि ओलीलाई किन कारवाही नगर्ने भनेर तीन दिने स्पष्टीकरण सोधिएपनि उनले सो समयमा जवाफ दिएका छैनन् ।