४९ वर्षे मुख्यमन्त्री शेरधन राई बिवाह बन्धनमा

११ माघ, काठमाडौं । नेकपा ओली समूहका स्थायी समिति सदस्य तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज ४९ वर्षको उमेरमा बिवाह बन्धनमा बाँधिएका छन् ।
मुख्यमन्त्री राईले पटकपटक आफू राजनीतिमा व्यस्थ भएकाले बिवाहतिर ध्यान र समय नभएकाले बिवाह नगरेको बताए थिए । तर पनि आज २३ वर्षीया मोडल जाङमु शेर्पासँग परम्परागत तरिकाले विवाह गरेका छन् ।

काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर पुगेका मुख्यमन्त्री राई आजबाट बिबाह बन्धनमा बाँधिएका छन् । मुख्यमन्त्री राई भोजपुरका हुन् भने शेर्पा दसंखुवासभा की हुन् ।

बिवाह बन्धनमा बाँधिएका मुख्यमन्त्री शेरधन राई लाई केही समय पहिला नेकपाकै कार्यकर्ता बालिका खड्काले आफूलाई अनैतिक व्यवहार गरेर भन्दै मिडियामा आएकी छिन् भने पार्टी कार्यालयमा समेत गएर राईलाई समात्न प्रयास गरेकी छिन् ।