मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाई ठगी गर्नेे २ जना पक्राउ

११ माघ, काठमाण्डौ । मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुपा थापाका अनुसार पक्राउ पर्नेमा इलामका कमल खतिवडा र ललितपुरका हिमाली सुब्बा रहेका छन् ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा दुवैजनाले आरोप स्वीकार गर्दै पैसा लिनु बाध्यात्मक अवस्था भएको बयान दिएको प्रहरीले जनाएको छ । आइतबार नियन्त्रणमा लिइएका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।