सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा

११ माघ, काठमाडौं । सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस अघिको कारोबार बिहीबार पनि नेप्से परिसूचक बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । साताको पहिला कारोबार दिन ५०.२० प्रतिशतले बढेर नेप्सले ऐतिहासिक २४२४.८४ अंकको किर्तिमानी बनाएको हो ।

दुई सात कम्पनीको एक करोड ९३ लाख ७९ हजार ४२ कित्ता सेयर दोस्रो बजार खरिद बिक्री हुँदा कारोबार रकम ९ अर्ब ३७ करोड ६० लाख ५३ रुपैयाँ बभन्दा बढी पुगेको छ । आइतबार व्यापार बाहेकका सबै सब इन्डेक्सहरु बढेर हरियाली देखिएका छन् । व्यापार समूह ७३.३५ अंकले ओरालो लागेको छ ।

यी हुन् सर्वाधिक मूल्य बढ्ने १० कम्पनी
आईतबार चार कम्पनीको सेयर मूल्यमा उच्च बृद्धिका कारण सर्किट ब्रेक लाग्यो । कारोबार भएका मध्ये धेरै कमाउनेमा पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताहरु देखिएका छन् । पोखारा फाइनान्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सर्किट ब्रेक नै लागेको थियो । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर २६४ रुपैयाँ पुगेको छ ।

दोस्रोमा गुराँस लाईफ इस्योरेन्सका लगानीकर्ताहरुले धेरै कमाएका छन् । १० प्रतिशतले वृद्धि भएर सर्किट ब्रेक लागेको यस कम्पनीको सेयर मूल्य ७९२ रुपयाँ पुगेको छ । मिथिला लघुवित्त वित्तीय संस्था र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको पनि सेयर मूल्य १० प्रतिशले वृद्धि भएर सर्किट ब्रेक लागेको छ ।

मिथिलाको सेयर मूल्य सर्किट ब्रेक पछि १ हजार ७ सय ४९ रुपैयाँ पुगेको छ भने ग्रामिण विकास लघुवित्त सेयर मूल्य ८ सय १४ रुपैयाँ पुगेको छ ।

थप ११ कम्पनीको सर्किट नजिक कारोबार
४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्दा थप ११ कम्पनीको सेयर मूल्य ९ प्रतितश भन्दा माथिले वृद्धि भएको छ । यी कम्पनीहरुको सेयर मूल्य सर्किट नजिक मपुगेर रोकिएका हुन् ।

आइतबार गुराँस लघुवित्त वित्तीय संस्था ९.९९ प्रतिशतले बढेर १ हजार २ सय ७७ रुपैयाँमा पुगेको छ भने नागरिक लगानी कोषको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर ३ हजार ७ सय ९० रुपैयाँमा पुगेको छ ।

यसैगरी एनसीसी बैंकको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर ३६४ रुपैयाँ पुगेको छ भने सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर १ हजार ६ सय ९ रुपैयाँ पुगेको छ । रिढी हाइड्रोपावर ९.९४ प्रतिशतले बढेर १८८ रुपैयाँ र प्रभु लाइफ इन्स्यारेन्स ९.९३ प्रतिशतले बढेर ४७६ रुपैयाँ पुगेको छ ।

यसका बाहेकका आइएमई जनरल इन्स्योरेन्स, माउन्टेन इनर्जी, हाइड्रोइलेक्ट्रसिटी डेभलपमेन्ट, शिवश्री हाइड्रो र आशा लघुवित्तको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको छ । उता मल्टिपर्पज फाइनान्स, डेप्रोक्स लघुवित्त, सारथी लघुवित्त, रसुवागढी हाइड्रोपावर र रैराङ हाइड्रोपावरको पनि सेयर मूल्य ८ प्रतिशत माथिले वृद्धि भएको छ ।

अनलाइनखबरबाट