एरर्पोट अगाडी बसको ठक्करबाट एक पैदलयात्री शक्त घाइते

एजेन्सी

११ माघ, काठमाडौं । त्रिभुवन विमानस्थल अगाडि बसले पैदलयात्रीलाई ठक्कर दिएको छ ।

बा५ख ४९५९ नम्बरको बसको ठक्करबाट चन्द्र बहादुर पुनमगर घाइते भएका छन् ।

उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भईरहेको छ ।

रुकुमपश्चिम घर भएका चन्द्र बहादुरको साथमा फेला परेको मतदाता परिचय पत्रको आधारमा प्रहरीले उनको पहिचान गरेको
छ । उनी बोल्न सक्ने अवस्थामा छैनन् ।

बस चालकलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ ।