८ माघ, काठमाण्डौ । प्रधानमन्त्री ओली गएको पुस ५ गते प्रतिनिधिसभा बिघटन गरेपछि त्यसपछि दुई धारमा देखिएको नेकपा प्रचण्ड-माधव समूहले संसद विघटनको विरोधमा काठमाडौंमा आज साँझ मसाल जुलुस निकालेको छ ।
प्रचण्ड-माधव समूह निकट युवाहरुले देशैभरीमा मसाल जुलुस निकालेका छन् । काठमाण्डौको धेरै ठाउमा राँके जुलुस निकाले अनुसार बानेश्वर क्षेत्रमा साँझ मसाल जुलुस निकालेका हुन् । संसद विघटन असंवैधानिक कदम भएको भन्दै उनीहरुले विजुली बजार पुल नजिकबाट मसाल जुलुल निकालेका थिए । सो क्रममा प्रहरीले युवाहरुले हातमा बोकेको मसाल खोसेर निभाउने प्रयास गरेका थिए ।
नेकपा प्रचण्ड–माधव समूहले भोलि शुक्रबार संसद विघटनको विरोधमा काठमाडौंमा विरोध सभा गर्दैछ । उक्त विरोध सभा सफलताको पूर्वसन्ध्यामा सो समूहले आज साँझ मसाल जुलुुस निकालेको हो । त्यस्तै भोलिकै सभालाई सफल बनाउनका भोलिको सभामा सहभागी हुन देशैभरबाट नेता तथा कार्यकर्ताहरु काठमाडौंमा आउने क्रम जारी छ ।