आफ्ना नेता कार्यकर्ता गिरप्तार धरपकट र दमन गर्नु अतास मनस्थिती को उपज हो

जिल्ला सेक्रेटरी, रणदीप

७ माघ, कालिकोट । नेकपाल कम्युनिष्ट पार्टी नेकपा (विप्लप) कालिकोट ले केन्द्रीय सचिवालय सदस्य क. धर्बेन्द्र बास्तोलाको गैरन्यायिक गिरप्तारी बिरुद्ध आज कालिकोटमा जनप्रर्दशन सहित बिरोध सभा कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको रास्कोट, माल्कोट भर्ता, खिन र बदालकोटमा कार्यक्रम सम्पन्न गरेको छ । यसै क्रममा पलाता गाउँपालिकाको कार्यक्रमलाई जिल्ला सेक्रेटरी एबं कर्णाली ब्युरो सदस्य क. रणदीपले सम्बोधन गर्नु भएको छ । उक्त कार्यक्रममा बोल्दै रणदीपले, अहिले सम्म आफ्नो पार्टी ले लडेको राजनीति लडाई नै केपी सरकार र दलाल संसदीय व्यबस्था ढाल्न काफी भएको धारणा राख्दै बाँकी अबशेष सिध्याउन फौजि लडाई जरुरी नभएको र राजनीति लडाईले नै व्यबस्था परिबर्तन गरेरै छाड्ने दाबी गर्नु भएको छ ।

राजनीति लडाईबाट आत्तिएर दमनमा उत्रिएको दलाल सरकार ले आफ्ना नेता कार्यकर्ता गिरप्तार धरपकट र दमन गर्नु अतास मनस्थिती को उपज भएको ले बिना सर्त रिहा गर्न माग गर्नु भयो । उक्त कार्यक्रम एरिया ईन्चार्ज क. दिलमान को सभापतित्व रहेको थियो भने सयौ नेता कार्यकर्ता ले सरकार बिरुद्धमा नारा लेखिएको प्लेकार्ड सहित सभामा परिणत भएको जानकारी कदर न्यूजलाई जिल्ला सेक्रेटरी एबं कर्णाली ब्युरो सदस्य क. रणदीपले जानकारी दिनुभएको छ ।