प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसै संसदमा डोजर चलाए

लेखक, नारायण वाग्ले

६ माघ, काठमाण्डौ । नेकपा प्रचण्डमाधव समूहको प्रेस संगठन नेपालको दोस्रो राष्ट्यि भेलामा बोल्ने क्रममा लेखक नारायण वाग्लेले प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसै संसदमा डोजर चलाएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसतर्फ संकेत गर्दै वाग्लेले प्रधानमन्त्रीले दिउँसै संसदमा डोजर चलाएको बताएका छन् ।

‘प्रधानमन्त्रीले दिउँसै संसदमा डोजर चलाए, तपाईंहरूकै मेयरले राति कमलपोखरीमा डोजर चलाए ।

भेलामा वाग्लेले प्रचण्ड लाई पनि प्रश्न गरेका छन् । प्रचण्डले केही दिन अगाडि मांसाहारी आन्दोलनको आवश्यकता परेको बताएका थिए । त्यसतर्फ प्रश्न गर्दै वाग्लेले द्वन्द्वको घाउ अझै बाँकी रहेकाले त्यसो नगर्न भनेका छन् ।
‘कमरेडहरूले भन्नुभयो, मांसाहारी आन्दोलन चाहियो । हिजोका द्वन्द्वको घाउ बाँकी नै छ । यसो गर्नुभयो भने नागरिकको साथ हुन्न ।

सुवास नेम्वाङको नाम नलिई वाग्लेले आजका दिनमा सबैभन्दा निरीह दुई कार्यकाल संविधानसभा अध्यक्ष भएका व्यक्ति भएको बताएका छन् ।

आजको नेपालमा सबभन्दा निरीह को भयो भन्दा हिजो दुई कार्यकाल संविधानसभा अध्यक्ष भएका व्यक्ति हुन् ।

प्रतिपक्ष र प्रधानन्यायाधीश समेत लाचार हुने यो कस्तो लोकतन्त्र हो भनेर उनले प्रश्न पनि गरेका छन् ।

‘प्रतिपक्ष लाचार छ । के यो लोकतन्त्र हो ? प्रधानन्यायाधीश प्रधानमन्त्रीको कोठामा निरीह भएर जाने के यो लोकतन्त्र
हो ?  शक्ति सन्तुलन हो ?’  उनले प्रश्न गरे, ‘प्रतिपक्षी दलको नेता प्रधानमन्त्रीको दैलोमा चहार्नुपर्ने यो के बाध्यता हो ?’

वाग्लेले प्रतिनिधिसभा पुनर्स्थापना हुने पनि बताए । ‘म त प्रस्ट छु पुनर्स्थापना नभई सविधानवाद रक्षा हुन्न ।

कोरोना महामारी र आर्थिक संकट हुँदा एक दिन पनि नबसेको संसद किन व्युँताउने भन्ने जनताहरूले प्रश्न गरिरहेको वाग्लेको भनाइ थियो ।