नानीकोटको बिजुली ओडार भीर छिचोलेर पचालझरनाका तीनवटा वडा सडक सञ्जालमा जोडिए

६ माघ, कालिकोट । कालिकोटको सबैभन्दा जोखिमयुक्त र कठिन मानिने पचालझरनास्थित ७ वडा नानीकोट बिजुली ओडारको भीर छिचोलेर पचालझरना गाउँपालिकाका तीनवटा वडाहरु सडक सञ्जालमा जोडिएका छन् ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रको रुपमा मानिने पचालझरनाको नानिकोट देखी नुहाघर, बोलुगाउँ सम्म सडक संजाल जोड्ने बिजुली ओडारको भिरमा ट्याक खुलेसँगै ति वडाहरु सडक सञ्जालमा जोडिएका छन् ।

कर्णाली करिडोरदेखी नानिकोट, नुवाघर, बोलुगाउँ का गाउँगाउँमा सडक निर्माण गरी सो क्षत्रमा सडक पुर्याउन बिजुली ओडारको चट्टानी पहाड फुटाएर दुर्गम गाउँलाई सडक सञ्जालमा जोडिएको जानकारी पचालझरना गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले कदर न्यूजका कालिकोट संवाददाता बास्मती कठायतसँग बताएका छन् ।

पालिका अध्यक्ष खड्कराज सेजुवालका अनुसार, बिजुली ओडारको भिरमा सडक खन्न यो वर्ष गाउँपालिकाले एक करोड पचास लाख र कर्णाली प्रदेश सरकारले पनि रकम बिनियोजन गरेको छ, भने, गत भदौ महिनादेखि सुरु भएको ट्याक खोल्ने काम सकिएको र अजिङ्गर भीरमा करिब पाँच सय मिटर सडक निर्माण भई यातायात सूचारु भएको सेजुवालले बताए ।

पचालझरना गाउँपालिका प्रवक्ता तथा ४ वडा अध्यक्ष अनरुप रोकायाका अनुसार नानीकोटको करिब ५०० मिटर बिजुली ओडार सडकको ट्याक खोलिएर अहिले नानीकोटदेखि बोलुगाउँ र बाजुरा सम्ममा साना गाडी र मोटरसाईकल संचालन गएको बताउनु भएको छ । प्रवक्तता रोकायाका अनुसार बिजुली ओडारको ट्याक खुले पछि पचालझरनाको ७,८ र ६ वडा का स्थानीय बासीन्दा सडक संजालबाट प्रत्यक्ष लाभमा पुगेको बताए ।

वडाको काम अन्य भैपरी आउने काम र पालिकासम्म आउनलाई यो भन्दा पहिले घन्टौ हिडेर आउनु र जानु पर्ने थियो र अहिले सो ट्याक खुलेपछि बाइक र अन्य यातायात साधनमा ओहोर दोहोर गर्न सजिलो भएको समेत बताउनु भयो । पालिकाको अति कठिन र जोखिमयुक्त भिर काटेर सडक विस्तार गर्नु पर्ने भएकाले सो कार्यलाई ठेकेदार र कामदारहरुले सम्पन्न गरी सडकसंजालमा जोडिएकाले सो क्षेत्रका जनतापनि सडक संजालमा जोडिएकाले खुशी भएको र आगामी दिनमा पालिकाबाट हुने विकास निर्माणका काममा अझै तत्परता दिने बताउनु भयो ।