निशान भट्टराई र एलिना चौहानको स्वरको ‘ओई प्यारी’ म्युजिक भिडियो सार्वजनिक

५ माघ, काठमाण्डौ । ‘नेपाल आइडल’ को पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराई र गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘ओई प्यारी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

अनिश घिमिरेको शब्द रहेको गीतमा अनिल बिरहीको संगीत दिएका छन् । गीतमा केबी भन्डारीको एरेन्ज रहेको छ ।

भिडियोमा एक प्रेम जोडीको कथा समेटिएको छ । पियारीलाई घरमा बस्न र आफू जन्ती लिएर आउने कुरा गीत मार्फत प्रेमिकालाई प्रेमीले अनुरोध गरेका छन् ।

भिडियोमा टीका जैसी र अज्ञात सायरको अभिनय रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको भिडियोलाई प्रकाश खड्काले छायाँकन गरेका हुन् ।