अम्बर भोलन’ को “कत्ति राम्री” म्युजिक भिडियो सार्बजनिक

३ माघ, काठमाण्डौ । अम्बर भोलन’ को “कत्ति राम्री” म्युजिक भिडियो सार्बजनिक भयको छ ।
बि.बि.सी.फिल्मस् को निर्माण भएको “कत्ति राम्री” बोलको गीतको म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ । उक्त गीतमा दिपा तामाङ र अम्बर भोलन’ को सुमधुर स्वर भरिएको छ । यस गीतको शब्द ‘बिष्णु पोल्वाङ्छा चाम्लिङ राई’ को रहेको छ भने सङ्गीत आसुतोष राईको र एरेन्ज दिनेश न्यौपानेले गरेका हुन । रेकर्डिष्ट अजय सिंह कार्की र मिक्स र मास्टरिङ्ग चन्द्र चौधरी र प्रकाश मिश्रले गरेका हुन् । यस गीत अकस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा तयार भएको हो ।

गीतको म्युजिक भिडियोमा समिर थोकर र हरिमाया थिङ्गको अभिनय रहेको छ । यस म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् र सम्पादन राजेश कुमारको रहेको छ । म्युजिक भिडियोलाई हिमाल सागर हिङमाङ निर्देशन गरेका हुन् । गीतलाई बि.बि.सी.फिल्मस् को आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक भएको छ ।