आज देशभरमा २७० जना कोभिड १९ का संक्रमित पुष्टि

२ माघ, काठमाण्डौ । आज देशभरमा २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी सूचना अनुसार यो अवधिमा ३ हजार ८४ जनाको पिसीआर परीक्षण भएको छ ।
विवरण अनुसार यो अवधिमा ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ३९० जना निको भएर घर फर्किएका छन् ।
हालसम्म नेपालका दुई लाख ६६ हजार ८ सय १६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।