प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरेको भनेर स्वीकार गरिसके

२ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरिसकेको दाबी गरेका छन् ।
गएको पुस ५ गते प्रतिनिधिसभा बैठक भंग गरेका थिए ओलीले । वैधानिक काम गरेको छैन भन्ने कुरा ओलीले स्वीकार गरेको भन्दै उनले प्रतिनिधि सभा विघटनविरूद्ध सशक्त संघर्षमा उत्रन नेतारकार्यकर्तालाई आग्रह गरेका छन् ।

‘प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरूद्ध डटेर विरोध प्रदर्शन गरौं,’ शुक्रबार भिडिओ अपिल जारी गरेका पौडेलले भनेका छन्, ‘प्रधानमन्त्री ओली आफैँ भनिरहेका छन् । यो विधि विधानको कुरा होइन । यो त राजनीतिक निर्णय हो । उनले आफूले वैधानिक काम गरेको छैन भन्ने कुरा आफैँले स्वीकार गरेका छन् ।
प्रधानमन्त्री ओलीको यस्तो असंवैधानिक कामले देशलाई अन्धकारतर्फ लैजाने उनले बताएका छन् ।

‘प्रतिनिधि सभा विघटनले क्षति पुगेको छ । ७० वर्ष लगाएर बनाएको संविधान र व्यवस्थामा प्रहार भएको छ ।
प्रधानमन्त्री ओलीको कदमले राजनीतिक अस्थिरता र संकटतिर धकेल्ने प्रपञ्च भएको उनले बताए ।

‘जनताले विरोधमा आवाज उठाउन सके अदालतमा पुग्छ । ओलीको कदम समयमै सच्याउनुपर्छ । नसच्चिँदा अनर्थ हुन्छ,’ उनले भने, ‘कम्मर कसेर सक्रियापूर्वक स्थानीय तहहरूबाट सशक्त आवाज उठाऔं ।’

यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।