आज पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण हँदा ६ जनको मृत्यु

१ माघ, काठमाण्डौ । आज पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०३२ जनामा गरिएको परीक्षणमा २४२ जना पुरुष र १६१ जना महिला गरी ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये २४६ जना काठमाडौं उपत्यकाका रहेका छन् । उपत्यकामा काठमाडौं जिल्लामा २२०, ललितपुरमा २३ र भक्तपुरमा ३ जना रहेका छन् । उपत्यकाबाहिर बाँके र कास्कीमा ३२÷३२ जना र नुवाकोटमा ११ जना भेटिएका छन् । संक्रमित भेटिएका अन्य जिल्लामा भने १० जना भन्दा कम छन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । तीमध्ये २ लाख ६० हजार १७७ जना संक्रमणमुक्त भएका छन् भने १९४३ जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४४२६ रहेको छ । तीमध्ये ११२४ जना संस्थागत आइसोलेसनमा, १५२ जना आईसीयूमा र ३३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

आजै ४०५ कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । त्यस्तै आजै कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।