प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ पर्सि शुक्रबारका लागि सर्र्यो

२९ पुस, काठमाण्डौ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबारसम्मका लागि सरेको छ ।

आज संवैधानिक इजलासमा भएको बहसमा मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय हुन सकेन ।

दुवै पक्षका वकिलले बहस गरे पनि इजलासले कुनै निर्णय नगरी यही बहसलाई शुक्रबारको इजलासमा निरन्तरता दिने निर्णय गरेको हो ।

रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता रमण श्रेष्ठले मुद्दा पूर्ण इजलासमा पठाउनु पर्ने बताएका थिए । सरकारले मुद्दा पूर्ण इजलासमा पठाउन नहुने भन्दै निवदेन दिएको थियो ।