बहिर्गमित जनमुक्ति सेना नेपालका सदस्य सतल सिंह मेचे (रोशन) को मृत्यु संगठनद्धारा शोक व्यक्त

२९ पुस, काठमाण्डौ । तत्कालीन माओवादी जनयुद्धमा लागेर शान्ति सम्झौता प।िछ रोजगारीको क्रममा मेलेसिया गएका बहिर्गमित जनमुक्ति सेना नेपालका सदस्य सतल सिंह मेचे रोशन को हिजो पुष २८ गते मलेसियामा असामयिक निधन भएको छ । झापाका मेचे सर्वहारा र उत्पीडित जनताको मुक्तिका खातिर तिनीहरुको उठान र अधिकारको लागि माओवादी जनयुद्धमा लागेका एक असल र कुसल व्यक्तित्वको अल्पायुमै निधन भएकाले बहिर्गमित जनमुक्ति सेना नेपालले एक शोक वक्तव्य जारी गरेको छ ।

शोक व्यतव्य यस प्रकार छ :

                                                                                                                                 २०७७ पुष २९ गते

शोक वक्तव्य

हाम्रो संगठन बहिर्गमित जनमुक्ति सेना नेपालका सदस्य सतल सिंह मेचे कमरेड रोशन को मिति २०७७ पुष २८ गते मलेसियामा दुर्घटनामा परि असामयिक निधन भएको खबरले हामीलाई दुखित तुल्याएको छ ।

उहाँको जन्म मिति २०४७ बैशाख ५ गते हल्दी वारि ( ४ झापा जिल्लामा बुवा रन बहादुर मेचे र आमा फुर्गा मेचेको कोखबाट भएको थियो । निम्न वर्गमा जन्मिएर पनि बाल्यकाल देखि नै सर्वहारा वर्गको मुक्तिका लागि मृत्युको कुनै प्रवाह नगरी सम्पुर्ण जिवन अर्पण गर्दै तत्कालीन नेकपा माओवादी पार्टीले निर्माण गरेको जनमुक्ति सेना नेपाल फर्मेशनमा जोडिएर अतुलनीय योगदान गर्नु भयो ।

२०६६ सालमा अयोग्य ठह¥याएर बहिर्गन भएपछि संगठनको उद्देश्यप्रती कर्तब्यनिष्ठ ,बफादार ,अतिनै मिलनसार कमरेड रोशन रोजगारीको सिलसिलामा विदेश मलेसिया जानू भयो । तर विडम्बना स्वादेश फर्कने क्रममा दुर्घटनामा परि कलिलै उमेरमा यो धर्तीबाट बिदा हुनु भयो । यस दुःखद निधन प्रती हाम्रो संगठन कमरेड रोशन ले गर्नुभएको त्याग ,तपस्या ,समर्पण र योगदानप्रती सदाबाहार उच्च मुल्यांकन गर्दछ । मृत आत्मको चिरशान्तिको कामना गर्दै क्रान्तिकारी अभिवादन सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। साथै शोक सन्तप्त परिवारजनप्रती गहिरो समवेदना प्रकट गर्दछ ।

इन्चार्ज
असिम आम्बुहाङ्ग लिम्बू ( सुनिल )

अध्यक्ष
रमेश बसेल ( करन )