आज २९९ औं पृथ्वी जयन्ती पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

२७ पुस, वीरगञ्ज । आज २९९ औं पृथ्वी जयन्ती । आज विहानैदेखि सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुग्नेहरुको भिड हुनुका साथै चहल पहल रहेको थियो ।

राजतन्त्रको मुद्दा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कार्यकर्ता पनि बाजागाजासहित आएका थिए । तर मुल सडक नै अवरुद्ध हुने गरी आएको ¥यालीलाई प्रहरीले सडक पेटीतर्फ हिँडाउन खोजेपछि तनाव उत्पन्न भयो ।
राजावादी र प्रहरीको धक्कामुक्की भयो । प्रहरीले लाठीचार्ज गर्दा केही घाइते भए । राप्रपा कार्यकर्ताले केहीबेर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरे ।

¥यालीको नेतृत्व गरेका राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताएका थिए ।

पृथ्वी जयन्ती भएकाले राजाबादी मात्र नचएर पृथ्वीनरायण शाहलाई मन पराउनेका साथै नेपाला एकीकरणका नायक भएकाले पनि उनलाई सम्झने जो कोही पनि सिंहदरबार अगाडी रहेको पृथ्वीनारायण शाहको शालिमा पुगेर पुष्प माल्यापण गरेका थिए । यस सहिदगेट, न्यूरोड, बीरअस्पताल, रत्नपार्क, बिद्युत प्राधिकरण, भृकुटीमण्डप, भद्रकाली पुतलीसडक, रामशाह पथ, माइतीघर मण्डला थापाथली क्षेत्रको टाफिक अस्थव्यस्थ भएको थियो ।