आज देशभरमा थप ४८८ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि

२७ पुस, काठमाण्डौ । आज देशभरमा थप ४८८ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ५ हजार ३०९ नमुना परीक्षण गर्दा १९२ महिला र २९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । उनीहरुमध्ये २ लाख ५८ हजार ९६८ जना संक्रमणमुक्त भएका छन् भने १९२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ४ हजार ३७३ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३१४३ जना होम आइसोलेसनमा छन् भने १६३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।