गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै…’ सार्वजनिक

२६ पुस, काठमाण्डौ । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै…’ सार्वजनिक भएको छ । गीतमा मनोजराज शिवाकोटीको स्वर तथा सागर अधिकारी ‘शरद’को संगीत रहेको छ । गीतको भिडियोमा मनोज वली, सम्झना खत्री र निर्दोष पोख्रेलको अभिनय रहेको छ ।

प्रमोद श्रेष्ठ र टिमको छायाँकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो जीवन शाहीले निर्देशन गरेका हुन् । फरक शैलीका गीतमार्फत ३२ विश्व रेकर्ड राख्न सफल उपाध्यय सबै वर्ग, पेशा र समुदायका लागि गीत लेख्ने गर्दछन् ।