ओली छिर्ने बित्तिकै प्रचण्ड-माधव पक्षका सांसद बाहिरिए

२६ पुस, काठमाण्डौ । गएको पुस ५ गते प्रधामन्त्री ओल आफैले प्रतिनिधिसभा बिघठन गरेपनि स्वतह चलाउ सरकारका प्रधानमन्त्री भएका केपी शर्मा ओली आज बसेको राष्ट्रियसभा बैठकमा प्रवेश गरेपछि नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुले राष्ट्रियसभा बैठक बहिष्कार गरेका छन् । एक घण्टा ३८ मिनेट चलेको बैठकमा शुरुमै प्रधानमन्त्री ओली सहभागी भएका थिए ।

ओली बैठक हलमा प्रवेश गरेपछि प्रचण्ड–माधव समूहका सांसदहरु बाहिरिए । ‘हामी हस्ताक्षर गरेर फर्कियौं । हामी निस्कने र उहाँ प्रवेश गर्ने एकैपटक भयो’, सांसद बेदुराम भुसालले भने ।

संसद् विघटन गर्ने प्रधानमन्त्री बैठकमा प्रवेश गरेपछि त्यहाँ बस्नुको औचित्य नरहेकाले बहिष्कार गरेको बताइएको छ ।