आजसम्मकै कम तेलको मुल्य

कदर समाचार
चैत्र १७, काठमाडौं । तेलको मूल्य १८ वर्षकै कम मूल्यमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा अप्रशोधित तेल (ब्रेन्ट क्रुड) को माग घट्न थालेपछि मूल्य झरेको हो । अन्तर्राष्ट्रिय बजारमा आज २२.५८ अमेरिकी डलर प्रतिब्यारेलमा तेलको मूय झरेको छ ।
यो सन् २००२ यताकै सबैभन्दा कम मूल्य हो । सन् २००२ मा यस्तो तेलको मूल्य प्रतिब्यारेल २० डलरसम्म झरेको थियो । त्यस्तै, डब्लुटिआई तेलको मूल्य प्रतिब्यारेल २० डलरमा झरेको छ । यो पनि १८ वर्षयताकै सबैभन्दा कम हो । यो वर्ष मात्रै तेलको मूल्य आधाभन्दा तल झरिसकेको छ । सोही कारण कतिपय कम्पनीले तेलको उत्पादन आधाभन्दा कम गरिसकेका छन् । कतिपयले उत्पादन नै बन्द समेत गरेका छन् । अहिले तेलको मूल्यमा भारी गिरावट आउनुको कारण अन्तर्राष्ट्रिय बजारमा तेलको माग घट्नुका अतिरिक्त साउदी अरब र रुसबीचको मूल्य प्रतिस्पर्धा समेत हो ।
रुसले ओपेक राष्ट्रहरुको निर्णयबमोजिम तेलको उत्पादनमा कटौती गर्न नमान्दा उनीहरुबीच मूल्य–युद्ध सुरु भएको थियो । तर विश्लेषकहरु भने कोरोना भाइरसको रोकथामका लागि विश्वले गर्दै आएको प्रयासका कारण तेलको मागमा कमी आएको बताउंछन् । कोरोना भाइरसको संक्रमणपछि अहिले अन्तर्राष्ट्रिय बजारमा धेरै एयरलाइन्स कम्पनीहरु ग्राउन्डेड भएका छन् । त्यस्तै, सडकमा कार र अन्य सवारी साधनको चाप पनि निकै कम भएको छ । ((बीबीसी)