राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको सदस्यबाट उपेन्द्र कोइरालद्धारा राजीनामा

२४ पुस, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिका सदस्य उपेन्द्र कोइरालाले राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिको बैठकले बिहीबार राजीनामा पत्र बुझाएका हुन् । अर्थ मन्त्रालयका सहसचिव समेत रहेका बैंकका सञ्चालक समिति अध्यक्षमार्फत् उनले राजीनामा बुझाएका छन् ।

सञ्चालक कोइरालालाई बैंकको अध्यक्ष बनउनेगरी अघिल्लो भदौमा नियुक्ति दिइएको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेलको सम्धी भएका कारण पटकपटक राजनीतिक नियुक्ति पाएका उनको पछिल्लो नियुक्ति विवादित बनेपछि तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले उनलाई अध्यक्ष बनाउन सकेका थिएनन् ।

अहिले बैंक सञ्चालक समितिले अध्यक्षमा धनिराम शर्मा चुनिएपछि उनी बाहिरिएका हुन् । आफूले राजीनामा दिएको पुष्टि गर्दै डा.कोइरालाले भने, ‘मैले बस्न मन नलागेर बैंकको सञ्चालक समितिको सदस्य पदबाट राजीनामा दिएको हुँ । अरु केही भएको होइन ।