घरमा झगडा भए, घरै सिध्याइदिने । परिवारमा झगडा भए, परिवारै सिध्याइदिने ? प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्ताको उन्माद चढेको छ

अध्यक्ष, माधवकुमार नेपाल

२२ पुस, काठमाण्डौ । काठमाण्डौको बानेश्वरमा नेकपा प्रचण्ड–माधव समूहले गरेको अन्तरपार्टी अन्तरक्रियाममा सोही समूहका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनको निर्णय व्यवस्था विरुद्धको कदम भएको बताएका छन् । अध्यक्ष नेपालले संसद विघटनले नेकपा मात्रै नभएर देशै सिध्याइदिने कदम भएको बताए ।

‘घरमा झगडा भए, घरै सिध्याइदिने । परिवारमा झगडा भए, परिवारै सिध्याइदिने ?’, नेपालले भने । प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्ताको उन्माद रहेको उनले बताए । ‘यो गैरसंवैधानिक कदम सिंगो व्यवस्था विरुद्ध, संघीयता विरुद्ध, गणतन्त्र र समावेशी समानुपातिक व्यवस्था विरुद्ध हो ।

तर, ओलीको यस्तो चाहना पूरा हुन नदिने उनले बताए । ‘सुनिन्छ, संकटकाल लगाउने । संकट निम्त्याउँदै जाने । तर, त्यस्तो षडयन्त्रको सम्भावना कसैले नदेखे हुन्छ,’ अध्यक्ष नेपालले चुनौती दिए । अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको उनले बताए ।