नेपाली सेनाको सूर्य दल गण, बिराटनगरबाट अदली बदलीका लागि निस्किएको गाडीले ठक्कर दिंदा एक जनाको मृत्य

२२ पुस, काठमाण्डौ । नेपाली सेनाको सूर्य दल गण, बिराटनगरबाट अदली बदलीका लागि निस्किएको गाडीले सप्तरीमा मोटरसाइकल लाई ठक्कर दिएको छ ।

घटनामा स ५ प ५०७६ नम्बरको मोटरसाइकलका चालक सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ बस्ने ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारुको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका डीएसपी भुवनेश्वरप्रसाद शाहका अनुसार बिराटनगरबाट भैरवादल गण, ललितपुरका लागि ३२ जना सैनिक लिएर हिँडेको बा १ ग १९८१ नम्बरको गाडीले मोटरसाइकल लाई ठक्कर दिँदा चौधरी गम्भिर घाइते भएका थिए । लगत्तै उपचारका लागि गजेन्द्र नारायणसिंह अस्पताल, राजविराज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको शाहले बताए ।

उनका अनुसार सैनिक गाडी र चालक प्रहरी नियन्त्रणमा लिएको छ ।