सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराको राजीनामा

२२ पुस, काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले राजीनामा दिएका छन् ।

नेकपा विभाजन हुँदा केपी शर्मा ओली समूहमा लागेका उनले बुधबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् । उनी ओली समूहले बनाएको ११९९ सदस्यीय केन्द्रीय कमिटीको सदस्य समेत हुन् ।

ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई हालै मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका
थिए । बोहोरालाई हटाएका थिएनन् । बुधबार ओली समूहका ७ प्रदेशसभा सदस्यसहित पत्रकार सम्मेलन गर्दै बोहोराले दृढ इच्छाशक्ति र प्रयत्नका बाबजुद काम गर्न कठिनाई भएकाले मन्त्रीमा बस्नु जनमतको अपमान हुने ठानेर राजीनामा दिएको बताए ।

५३ सदस्यीय प्रदेशसभामा नेकपाका ३९ सांसद थिए । उनीहरुमध्ये ७ जना ओली समूहमा छन् भने अरु प्रचण्ड–माधव समूहमा छन् ।