आज सेयर बजार ३ दशमलव ५४ अंकले ओरालो

२१ पुस, काठमाण्डौ । आज मंगलबार सेयर बजार ३ दशमलव ५४ अंकले ओरालो लाग्यो । सेयर कारोबार मापक नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले ओरालो लाग्यो ।

समग्रमा बजार घट्दा कारोबार रकम ४ अर्ब ५६ करोडमा रोकियो । नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये तीन उपसमूहहरु विकास बैंक, जलविद्यत र निर्जिवन बिमा बढ्दा बाँकी सबै समूह घटेर राताम्मे भए ।

बजार घट्दा पनि केहि कम्पनीहरुको सेयर मूल्यामा भने उछाल नै आयो । ७ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।