बेलायतमा एकै दिन ५० हजार भन्दा बढी कोरोना संक्रमित

एजेन्सी

२० पुस, लन्डन । बेलायतमा कोरोना संक्रमितको संख्या लगातार सातौँ दिन पनि ५० हजारभन्दा माथि रहेको छ । सोमबार सार्वजनिक तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा थप ५८ हजार ७८४ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या २७ लाख नाघेको छ ।

सोमबारको तथ्याङ्कअनुसार हालसम्मको संक्रमितको संख्या २७ लाख १३ हजार ५६३ पुगेको छ । बेलायतमा हाल देखिएको संक्रमित संख्या महामारी शुरु भएयताकै सबैभन्दा उच्च हो । यसैगरी पछिल्लो २४ घन्टामा थप ४०७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार ४३१ पुगेको छ ।

बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि पुनः राष्ट्रिय लकडाउन गर्ने तयारी भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज साँझ ८ बजे टेलिभिजन सम्बोधनमार्फत लकडाउनसम्बन्धि भावी योजनाको बारेमा जानकारी दिने भएका
छन् ।

बेलायतमा आजैबाट अक्सफोर्ड विश्वविद्यालय र एक्सट्राजेनेका कम्पनीद्धारा संयुक्त रुपमा निर्मित कोभिड खोपको आम वितरण शुरु गरिएको छ । बेलायतले यसअ अघि नै फाइजर(बायोएनटेकद्वारा विकसित करिब दश लाख डोज भ्याक्सिन वितरण गरिसकेको छ ।