Breaking News

ओली हावादारी गफ गर्ने व्यक्ति हुन्, उनीमा काम गर्न गर्न सक्ने क्षमता छैन

१८ पुस, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको संरक्षण गरेको भन्ने कुरा सत्य भएको बताएकी छन् । आज बिहान सामाजिक संजालबाट ट्विट गर्दै नेतृ झाँक्रीले भ्रष्टाचारीको संरक्षण गरेको सत्य भएको दावी गरेकी हुन् ।

हावादारी गफ गर्ने तर काम गर्न नसकेको पनि सत्य भएको उनको तर्क छ । ‘काम गर्न सकिन भनेर जाने संसदमा हो, संसद विधटन गर्ने प्रधानमन्त्रीलाई यस्तो यस्तो अधिकार नै छैन,’ उनले भनेकी छन्– ‘यस्तो असंबैधानिक ओली कदमको जति निन्दा गरे पनि पुग्दैन भनेर लेखेकी छन् ।

नेकपा नेतृ, रामकुमारी झाँक्री