Breaking News

मन्त्री प्रभु साह सावर गाडीले पैदलयात्रीलाई ठक्कर दिएर फरार

१८ पुस, जनकपुरधाम । पूर्व(पश्चिम राजमार्गको हरिवनमा शहरी विकासमन्त्री प्रभु साह सवार सवार ना १ झ ३८४२ नम्बर गाडीले ठक्कर दिंदा सर्लाहीमा एक जना घाइते बनाएको छ ।
लालबन्दी नगरपालिका वडा नम्बर(८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

उनको कम्मर र खुट्टामा चोट लागेको छ । र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको एक प्रहरी अधिकारीले बताए । उनले भने, ‘ठक्कर दिएर भागेको गाडी मन्त्रीज्यूकै रहेको खुल्यो ।

यसैबीच मन्त्री साहले रौतहटबाट महोत्तरी जाने क्रममा हरिवन चौकमा आफू चढेको गाडीबाट झुक्किएर लडेको र उनलाई केही नभएकाले आफू अगाडि बढेको दाबी गरेका छन् ।

तर ठक्कर दिएर भागेको भन्दै अतिरञ्जित प्रचार भएको र प्रहरीले पनि अफवाह फैलाएको उनको आरोप छ । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो यात्राबारे सम्पूर्ण जानकारी हुँदाहुँदै पनि नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी “खुलेको” भन्ने भ्रमपूर्ण वक्तव्य दिन गैरजिम्मेवार रूपमा प्रस्तुत भएको दुःखद विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको उनले लेखेका छन् ।