प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिए

प्रधानमन्त्री केपी ओली

१५ पुस, काठमाडौं । ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गरेका छन् ।

ओलीले प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने ध्यान रहेको बताए ।

आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको उनले बताए । षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको भन्दै उनले भने, ‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रममा ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा ।