माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो

प्रधानमन्त्री केपी ओली

१५ पुस, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल प्रचण्डको सामान्य कार्यकर्ता बनेको टिप्पणी गरेका छन् ।

ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो ।

पूर्वप्रधानमन्त्री नेपाल कार्यकर्ता हुन प्रचण्डसँग गएको उनको आरोप छ ।